एजेन्सी– थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। आज हङकङले थाइल्याण्डलाई हराउँदा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
थाइल्याण्डले हङकङलाई पराजित गर्न सकेको भए शीर्ष २ मा पुग्ने नेपालको अंक गणितीय सम्भावना बाँकी हुने थियो। तर, अब भने त्यो सम्भावना पनि समाप्त भएको छ। नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो म्याचमा हङकङसँग खेलेको थियो। र, दुवै खेलमा नेपालले हार बेर्होयो।
थाइल्याण्डविरुद्ध हङकङ ८ विकेटले विजयी
आयोजक टीम थाइल्याण्डविरुद्ध हङकङसँग ८ विकेटले विजयी भएको छ।थाइल्याण्डले दिएको ७८ नको लक्ष्य हङकङले ७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि निजाकत खानले सर्बाधिक ३६ रन बनाए। आजको जितसँगै हङकङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल भने अंक विहिन हुँदै तालिकाको चौथो स्थानमा छ। नेपालले बुधबार थाइल्याण्ड र शुक्रबार सिंगापुरसँग खेल्दै छ।
हङकङले थाइल्याण्डलाई हराएसँगै यस्तो बन्यो अंक तालिका
