एजेन्सी– ब्राजिलियन फुटबल सङ्घले नेयमारलाई ओलम्पिक खेल खेलाउनका लागि पीएसजीसँग समन्वय गरेको बताइएको छ। नेयमारलाई कप्तानको रुपमा राष्ट्रिय टोलीमा फर्काउनका लागि पीएसजीसँग ब्राजिलले पहल थालेको हो।
ओलम्पिकका लागि फ्रान्सका किलियन एम्बाप्पे पनि फर्कन इच्छुक देखिएपछि पीएसजीमा खेलाडीलाई जान दिने वा नदिनेबारे अन्योल सुरु भएको छ। ओलम्पिकका लागि ब्राजिलले नेयमारसँगै रियलका रोड्रिगो र भिनिसियसलाई पनि टिममा बोलाएको बताइएको छ।
नेयमारको निर्णायक पेनल्टीमा सन् २०१६ मा ब्राजिलले ओलम्पिकको मेडल जित्न सफल भएको थियो। एम्बाप्पे पनि विश्वकपपछि ओलम्पिक र युरोकप खेल्न टिममा फर्कने भएका छन्।
नेयमार र एम्बाप्पे राष्ट्रिय टिमका लागि फर्किएमा उनीहरुले लिग वानको खेलहरु एक हप्ताका लागि गुमाउने देखिएको छ।