काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलाइसिस गरिएको छ। टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नुअघि रगतमा हुनसक्ने टक्सिनहरु निकाल्न डायलाइसिस गरिएको हो।
ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भनिएको छ। तर बुधबार कुन समयदेखि सुरु हुने भन्नेबारे भने टुंगो लगाइसकेको छैन। टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले कुन समयमा मिर्गौला प्रत्यारोपण गर्ने भनेर चिकित्सकहरुले छलफल गरेर मंगलबार बेलुकासम्म टुंगो लगाउने जानकारी दिएका छन्।
भोलिको शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज रातिदेखि केही पनि नखाइ बस्ने जनाइएको छ।