काठमाडौं– अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो। यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो।
नयाँ वरियतामा नेपालले २० खेलमा १२९ रेटीङ अङ्क प्राप्त गरेको छ। महिला वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी इंग्ल्यान्ड तेस्रो, भारत चौँथो तथा वेष्टइण्डिज पाँचौ स्थानमा छ। नेपाली महिला टोलीले गत मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) पछि कुनै पनि अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन।