काठमाडौं– दुई दिवसीय हिमालय क्रिकेट लिग यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो।
उपाधिसहित ग्रेट हिमालयले रु एक लाख ५० हजार प्राप्त ग¥यो। त्यसैगरी उपविजेतामा चित्त बुझाएको केसीटिसीले रु ७५ हजार प्राप्त ग¥यो। केसीटिसीले जितका लािग दिएको ११५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले ५७ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। ग्रेट हिमालयका प्रशान्त सिंहले ३० बलमा दुई चौकासहित १६ रनको अविजित पाली खेले।
त्यसैगरी आयुष बस्नेतले २४, अभिषेक बस्नेतले १९, सङ्गीत बुढाथोकीले १६ तथा राशिद खानले १८ रनको योगदान दिए। बलिङतर्फ केसीटिसीका तिलक भण्डारीले छ विकेट लिँदा सूर्य तामाङले दुई तथा विविन आचार्यले एक विकेट झारे।
त्यसअघि टस हारेर ब्याटिङ गरेको केसीटीसीले २४ ओभर तीन बलमा ८० रनमा समेटिएको थियो।
उसका लागि विवेक राना मगरले १८ रन जोडे भने सचिन लखाहले १४, निर्भीक पाठकले १३ तथा सुर्य तामाङले ११ रन जोडे। ग्रेट हिमालयका अरियो पौडेलले तीन विकेट लिँदा मोहम्मद हुसेन, विवेक यादव र सोनु देवकोटाले समान दुई–दुई विकेट लिए। त्यस्तै राशिद खानले एक विकेट हात पारे।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि केसिटिसीका सूर्य तामाङ घोषित भए। उनले रु २५ हजार प्राप्त गरे। त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख र उत्कृष्ट बलर केसिटिसीका तिलक भण्डारी घोषित भए। दुवै खेलाडीले जनही रु दश हजार प्राप्त गरे। त्यस्तै इमर्जिङ खेलाडी घोषित भएका ग्रेट हिमालयका आरियो पौडेलले ट्रफी र क्रिकेट सामग्री प्राप्त गरे।