एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले टी–२० क्रिकेटको नयाँ वरियता सार्वजनिक गरेको छ। नयाँ वरियतामा नेपाल ३ स्थान तल झरेको छ।
अघिल्लाे वरियतामा नेपाल १२ औँ स्थानमा थियाे। अहिले ३ स्थान खस्कँदै १५ औँ स्थानमा छ। वरियतामा पाकिस्तान शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ। त्यस्तै इङ्ल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ।
नेपालले वरियतामा १ सय ८५ रेटिङ पाएकाे छ। नेपालभन्दा माथि युएइ र आयरल्याण्ड रहेका छन्। युएइ र आयरल्याण्डले समान १ सय ८६ रेटिङ पाएकाे छ। पछिल्लाे समयमा नेपालले गरिरहेकाे खराब प्रदर्शनका कारण वरियतामा खस्किएकाे हाे।