काठमाडौं– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गरे। नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरे।
प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन। प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ।