काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छिन्। प्रधानमन्त्री ओलीको नातामा भाञ्जी पर्ने ३२ वर्षीय संग्रौला मिर्गौला दाता हुन्।
मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ। ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन्। अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु तथा सचिवहरुलाई बालुवाटार बोलाएर आवाश्यक निर्देशन दिएका छन्।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आज टिचिङ अस्पतालमा भर्ना हुँदैछन्। प्रा. डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार उनको मिर्गौला प्रत्यारोपण गर्नेछ।
यसअघि उनले दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका हुन्। प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए।