काठमाडौं– नेता रामचन्द्र पौडेल पक्षधरको विरोधकैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारकाबीच देउवाले विभागीय प्रमुखहरु तोकेका हुन्।
उनले एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिएका छन् भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेदवारी दिएका छन्। ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरिएकाे छ।
यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ। यसअघि देउवाले विभिन्न १३ वटा विभाग गठन गरेका थिए।