काठमाडौं– टोकियो ओलम्पिक छनोटमा नेपालबाट कँरातेमा दुई जना खेलाडीहरु सहभागी हुने भएका छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता नविन रसाइली र अनु अधिकारीले ओलम्पिक छनोटमा खेलमा खेल्नेछन्।
अनुले ५० केजी मुनिको तौल समूहमा खेल्नेछिन् भने नविन ६७ केजी तौल समूह मुनीको समुहमा खेल्नेछन्। ओलम्पिक छनोट मे ८ देखि १० सम्म फ्रान्समा हुनेछ। नविन र अनुको नाम वाइल्ड कार्ड इन्ट्रीमा पनि सिफारिस गरिएको छ।
उनीहरु सहित नेपाली राष्ट्रिय कराते टोलीको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ। नविन र अनुले ओलम्पिक छनोटका लागि तयारी गरेपनि अन्य खेलाडीहरु भने अन्य कुनै प्रतियोगिता भए त्यसमा पनि जाने गरि नियमित तयारीमा रहेको प्रशिक्षक दिपक श्रेष्ठले बताए।