काठमाडौं – सभामुख अग्नि सापकोटाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिनुको कारणबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ।
सोमबारको बैठकको सुरुमै समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद छलेर पेट्रोलियम पदार्थमा कर बढाइएको भन्दै संसद छलेर कर लगाउने अधिकार मन्त्रिपरिषदलाई नभएको बताइन्। ‘संसदलाई छलेर कर लगाउने अधिकार मन्त्रिपरिषदलाई छैन। सभामुखको तर्फबाट सरकारलाई कर वृद्धि गर्नुको कारण संसदमार्फत जनतालाई सुसूचित गराओस्’ उनले भनिन्।
तर सभामुखको ध्यानाकर्षण नभएको भन्दै सोमबारको बैठकमा रुलिङ नगरे संसद बैठक अवरुद्ध हुने चेतावनी दिएपछि सभामुख सापकोटाले सरकारलाई सो बारे जानकारी दिन रुलिङ गरेका हुन् ।