काठमाडौँ, १ फागुन – प्रतिनिधिसभाले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको मंगलबार बैठकमा कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।
छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले संसद् गठन भएको एक वर्षभित्र नेपालको संविधानसँग बाझिने कानूनलाई संविधान अनुकूल बनाउने संवैधानिक व्यवस्था अनुरुप समितिबाट सर्वसम्मतिका आधारमा विधेयक सदनमा पेश गरिएको जानकारी दिए। प्रतिनिधिसभाको अर्काे बैठक आगामी फागुन ३ गते शुक्रबार दिनको ३ बजे बस्नेछ।