काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको निर्देशनमा समिति गठन गरिएको हो। प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकूल थापा संयोजक रहने गरि तीन सदस्यी य समिति गठन गरिएको हो।
आइतबार राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन।
प्रचण्डमाथि आक्रमण गर्ने रतन तिरुवालाइ तत्कालै प्रहरी नियन्त्रणमा लिएको थियो भने अहिले अनुसन्धान कार्य भइरहेकाे छ।