काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार (आज) अस्पताल भर्ना हुँदैछन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गौला प्रत्यारोपणको गर्ने तयारी छ।
दुबै मिर्गौला फेल भएपछि २०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
त्यतिबेला उनको शल्यक्रिया गरेका डाक्टरहरूलाई नै अहिले काठमाडौंबोलाउनेबारे छलफल भइरहेको छ। डाक्टर बोलाउनेरनबोलाउनेबारे चिकित्सकहरूले आजै निर्णय गर्ने छन्
प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि सामेल हुने भएका छन्।
‘हामी आजै बसेर छलफल गर्छौं,’ त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीले भने,‘टिम बोलाउँदा नजिक भारत छ, उहाँहरू नै बोलाइन्छ।’
‘हामीलाई कुनै पनि टिम बाहिरको चाहिँदैन। तर प्रधानमन्त्रीको नै मिर्गौला प्रत्यारोपण गर्ने भएर ब्याकअपका लागि बोलाउने कि भन्ने कुरा भएको छ तर टुंगो भइसकेको छैन,’ उनले भने।