एजेन्सी– स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित निकालेको छ। घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे। ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे।
१३औं मिनेटमा ओलिभर टोरेसको पासमा युसेफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओलिभर टोरेसकै पासमा लुकास ओकम्पासले गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे।
५४औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटियो। सर्जियो हेरेराले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि ओसासुना १० खेलाडीमा समेटियो। १० खेलाडीमा समेटिएपनि ओसासुनाले लगातार दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
६४औं मिनेटमा रोवर्टाे टोरेसको पासमा एरिडेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ७४औं मिनेटमा रोवर्टाे टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। सेभियाका सर्जियो इस्कुडेरोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ओसाुसुनाले पेनाल्टीको मौका पाएको थियो। जसलाई टोरेसले सदुपयोग गरे।
बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युसेफ इन न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सेभियालाई ३–२ को सघंर्षपुर्ण जित दिलाए।
जितसँगै सेभिया २६ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। सेभियाले गेटाफेलाई १ अंकले पछि पारेको हो। ओसासुना ३१ अंक जोडेर १२औं स्थानमा छ।
अन्य नतिजा
ग्रानडाविरुद्ध सेल्टा डि भिगो (०–०)
एथ्लेटिको बिल्वाओविरुद्ध भिल्ला रियल (१–०)
इस्पान्योलविरुद्ध एट्लेटिको मड्रिड (१–१)
मलोर्काविरुद्ध गेटाफे (०–१)