एजेन्सी– न्युजिल्याण्डले भारतविरुद्धको टेष्ट सिरीज क्लिन स्विप गरेको छ। २ खेलको सिरीजअन्तर्गको दोस्रो खेलको तेस्रो दिन भारतलाई ७ विकेटले हराउँदे न्युजिल्याण्डले सिरिज पूर्णरुपले कब्जा गरेको हो।
दोस्रो टेष्ट खेलको पहिलो इनिङमा भारतले ६३ ओभरमा अलआउट हुँदै २ सय ४२ रन बनाएको थियो। भारतको पारीमा हनुमा विहारी ५५ रन तथाचेतेशर पूजाराले ५४ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ न्युजिल्याण्डका काइलज्यामिसनले ५ विकेट लिएका थिए।
त्यसपछि आफ्नो पहिलो इनिङ ब्याटिङ गर्न आएको न्युजिल्याण्डले ७३.१ ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो। न्युजिल्याण्डको पारीमा टोम लथामले ५२ रन बनाएका थिए भने केइल ज्यामिसनले ४९ रनको योगदान दिए। बलिङतर्फ भारतका मोहम्मद सामीले ४ विकेट लिँदा जसप्रित बुम्राहले ३ विकेट हात पारेका थिए।
पहिलो चरणको खेल सकिँदा भारतले ७ रनको लिड लिएको थियो। आफ्नो दोस्रो इनिङको ब्याटिङ लिएर आएको भारतीय ब्याट्सम्म्यानले आशासित प्रदर्शन गर्न सकेनन्। भारत ४६ ओभरमा १ सय २४ रनमा अलआउट भयो। उसको लागि चेतेश्वर पूजाराले २४ रन बनाए भने रविन्द्र जडेजाले १६ रन बनाए। बलिङतर्फ न्युजिल्याण्डका टे«न्ट बोउल्डले ४ विकेट तथा टिम साउथीले ३ विकेट लिएका थिए।
भारतले दोस्रो इनिङमा खराब ब्याटिङ गरेसँगै न्युजिल्याण्डले १ सय ३२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य उसले ३६ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो। न्युजिल्याण्डको पारीमा टोम ब्लुन्डेलले ५५ रन बनाए भने टोम लथमले ५२ रनको योगदान दिए। बलिङतर्फ भारतका जसप्रित बुम्राहले २ विकेट र उमेश यादवले एक विकेट लिए।
टेष्ट सिरीजको पहिलो खेलमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको थियो। त्यसअघि खेलिएको एकदिवसीय क्रिकेट सिरीजमा पनि न्युजिल्याण्डले भारतविरुद्ध क्लिन स्विप गरेको थियो।