काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन्।
आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन्।
राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए। तर जुत्ता प्रचण्डसम्म पुगेन।
उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ।