काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ। यद्यपि उनलाई जुत्ताले लागेन।
राष्ट्रियसभागृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। तर जुत्ता मञ्चसम्म पुगेन।
नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको तर उनको प्रसास असफल भएको बताए। जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।