काठमाडौं– बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएको छ। त्रिवि शिक्षण अस्पतालमा उनी भोलि (साेमबार) मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुने भएका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचारको बारे जानकारी दिएका थिए।
प्रधानमन्त्री ओलीकाे यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ। यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो।