काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गरिरहेकाे छ। थाइल्याण्डको बैंककस्थित टर्डथाइ क्रिकेट मैदानमा जारी खेलमा नेपाल टस हारेर पहिले बलिङ गर्दैछ।
प्रतियोगितामा उपाधि जित्ने लक्ष्य राखेको नेपाल मलेसियालाइ हराउँदै शुखद शुरुवातको खोजीमा हुनेछ। मलेसियाविरुद्ध नेपाली क्रिकेटको इतिहास हालसम्मको लागि स्मरणीय नै रहेको छ। यद्यपी पछिल्ला खेलहरुमा सुधारात्मक खेल पस्कँदै आएको मलेसियालाई कमजोर सोच्नु गलत हुनेछ।
नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का ,आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन्।