एजेन्सी– अर्जेन्टिनी फरवार्ड तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी २१ औं शताब्दीमा महान् फुटबलर हुन्। कीर्तिमानी ६ पटक बालोन डीओर जितेका मेस्सीकाे फुटबल जगतका हस्तीहरुले विभिन्न तरिकाले प्रशंसा गरिरहेका हुन्छन्।
विभिन्न देश वा क्लबका प्रशिक्षक तथा खेलाडीहरुले मेस्सीबारे रोचक तथा प्रशसांत्मक धारणहरु सार्वजनिक गरिरहेका हुन्छन्। यसैबीच भखैरै बार्सिलोनामा भित्रिएका मार्टिन ब्रेथवेटले फुटबल धर्म हुन्थ्यो भने मेस्सी भगवान् हुन्थे भन्दै मेस्सीबारे अभिव्यक्ति दिएका छन्।
एक अन्तवार्ताका क्रममा उनले मेस्सीको जस्तो काम अरु कसैले गर्न नसक्ने भन्दै भगवान्को संज्ञा दिएका छन्। मेस्सीसँग खेल्न पाउँदा निकै खुसी देखिएका उनले मेस्सीमा खेललाई नियन्त्रण गर्ने क्षमता भएकोले मेस्सी सर्वोत्कृष्ट खेलाडी हुन् भने। इबारविरुद्धको खेलमा २ गोलका लागि असिस्ट गरेको ब्रेथवेटले मेस्सीले आफूलाईँ अँगालेको कारण आफ्नो जर्सी नधुने बताएका थिए।