एजेन्सी– अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ। बिहीबार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट हुन पुगेको हो।
समग्रमा २–२ गोलको बराबरी भएपनि ओलम्पियाकोस अवे गोलको सहयोगमा अन्तिम १६ मा पुग्न सफल भएको हो। पहिलो लेगमा आर्सनलले १–० को अवे जित निकालेको थियो। दोस्रो लेगमा ओलम्पियाकोसले २–१ को जित निकाल्दा महत्वपुर्ण दुई खवे गोल गर्न सफल भएको थियो।
इमिरेट्स स्टेडियममा बिहीबार राति प्रतिस्पर्धात्मक बनेको पहिलो हापमा गोलरहित बराबरीमा टुगिंएको थियो। ५३औं मिनेटमा पपु एबोउ सिसेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।
त्यसपछि दुवै टोलीले अवे गोल गरेका कारण खेल १–१ गोलको बराबरी हुदा अतिरिक्त समयमा धकेलिएको थियो। ११३औं मिनेटमा कप्तान पिएरे इम्रिक आवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अवस्थमा ल्याएका थिए। इन्ज्युरी समयमा सम्हालिन नसक्दा आर्सनलले १२०औं मिनेटमा गोल खाएपछि आसर्ननलको राउन्ड अफ ३२ बाटै नकआउट हुन पुग्यो। ओलम्पियाकोसका युसेफ अल अरवीले महत्वपुर्ण अवे गोल गर्दै २–१ को जितसहित प्रि–क्वाटरफाइनलको यात्रामा उभ्याए।
यस्तै युक्रेनी क्लब साख्तर डोनेस्कले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ५–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ। दोस्र लेगको खेल ३–३ गोलको बराबरीमा टुंगिएपनि साख्तरले पहिलो लेगमा लिएको २–१ को अग्रता अघिल्लो चरणमा पुग्न पर्याप्त बन्यो।
बेन्फिकाको मैदानमा दोस्रो लेगमा घरेलु टोलीका पिजी, रुवेन डियस र राफा सिल्भाले गोल गरे। साख्तरका टारस स्टेपानेन्को र एलन प्याट्रिकले गोल गर्दा एक गोल उपहार पाएको थियो।