एजेन्सी– बेल्जियन क्लब ब्रगमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ। बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जित निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो।
युनाइटेडले समग्रमा ६–१ को जित निकालेको हो। क्लब ब्रगको मैदानमा पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिएको थियो। १० खेलाडीमा समेटिएको क्लब ब्रगमाथिको जितमा फ्रेडले दुई तथाम ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले गोल गरे।
ओल्ड ट्राफोर्डमा खेलको २३औं मिनेटमा नै क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो। म्याक टोमिनेमाथि पेनालटी बक्समा गम्भीर ट्याकल गरेपछि सिमोन डेली सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो। त्यसको फाइदा युनाइटेडले उठायो। त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनोले २७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।
३४ औं मिनेटमा ओडिन इघालाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। ४१औं मिनेटमा म्याक टोनिले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनयो। त्यसपछि फ्रेडले ८२औं र ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ५–० को सानदार जित दिलाए।