काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटकाे खेल तालिका सार्वजनिक गरिएकाे छ। तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोज भिड्नेछन्।
चैत १ गतेदेखि शुरू हुने ईपीएलकाे पहिलाे दिन एकमात्र खेल हुनेछ। त्यसपछि हरेक दिनबाट हरेक दिन दुई खेल हुनेछ। लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ।
सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलको लागि क्वालिफायर खेल खेल्ने छ। यस्तै लिगको तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्दै क्वालिफायरमा टिमसंग फाइनल प्रवेशको लागि भिड्ने छ। ईपीएलको फाइनल खेल चैत १५ गते हुनेछ
ईपीएलमा साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।
