काठमाडौं – नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टी विघटन र विभाजनको दिशामा नजाने भएकाले निरास नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी भित्र समस्या भएपनि त्यो समाधान हुने बताए।
‘तपाईहरू यहाँ आउँदा धेरै आशंका लिएर आउनुभएको होला, पत्रपत्रिकाको समाचारले दिमाग खराब भएको होला‚’ नेपालले भने‚ ‘यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’ ‘पार्टी भित्र समस्या छ। तर, समाधान हुन्छ। आत्तिनु पर्ने अवस्था छैन। यहाँबाट जाँदा तपाईंहरु नयाँ जोश लिएर जानुहुने छ।’
नीति र विधानको पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेपालको भनाइ थियो। पार्टी भित्र एकतासँगै संघर्ष र विवाद पनि रहने उल्लेख गर्दै नेता नेपालले विवादलाई पार्टी भित्रै सीमित राख्नुपर्ने पनि बताए। अर्थमन्त्री युवराज खतिवडा र वामदेव गौतमको राष्ट्रिय सभामा सिफारिसको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालका बीचमा मतभेद सार्वजनिक हुदाँ पार्टी अप्ठारोमा परिहेको अवस्थामा बताए।