एजेन्सी– एसीसी वेस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा युएइ र कुवेतबिच प्रतिस्पर्धा भइरहेको छ। युएइले उपाधिको लागि कुवेतलाई २ सय रनको फराकिलाे लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे युएइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनायो। उसको लागि चिराग सुरीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रनको योगदान दिए भने वाहिद अहमेदले १५ बलमा ४५ रनको विस्फोटक पारी खेले। त्यसैगरी रोहन मुस्ताफा र मुहम्मद उस्मानले समान २८–२८ रन बनाए।
कुवेतको बलिङमा अफ्सल अस्रफले ४ ओभरमा ३५ रन खर्चिँदै २ विकेट लिए। अर्का बलर अफ्सल अस्रफ, वसन्थ कुमरनायका र शिरज खानले समान एक एक विकेट लिए। कुवेत अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ।