काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सचिवालयका सवै सदस्यहरु सहभागी छन्।
आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र एमसिसीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसेको हाे। सचिवालय बैठकका एजेन्डा तय गर्न अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ।
यसअघि गत १० फागुन शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भने भएको थिएन। फागुन ९ गते नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो।
एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो। दुई अध्यक्षले अध्ययन गरेर प्रतिवेदनलाई सचिवालय बैठकमा पेश गर्ने बताएका थिए।