काठमाडौँ, २९ माघ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतलाई २–१ ले पराजित गरेको छ। भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलमा उसकै भूमिमा नेपाली महिला फुटबल इतिहासमै पहिलो जित निकालेको हो।
कालिंगा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार साझँ भएको खेलमा सुरुआती ७ मिनेटभित्रै २–० को अग्रता लिदै नेपालले खेल आफ्नो पक्षमा पारेको हो। दुवै गोल मुख्य स्ट्राइकर सावित्रा भण्डारीले गरेकी थिईन्।
भारतकी रत्नावाला देवीले ८४ औं मिनेटमा फ्रिकिकमार्फत गोल फर्काएकी थिईन्।भारतको सिनियर टोलीविरुद्ध नेपालले नवौं खेलमा पहिलो जित निकालेको हो।
मबारको जितसँगैे चार टोलीसम्मिलित हिरो गोल्डकपमा नेपालको फाइनल पुग्ने सम्भावना पनि जीवितै भएको छ। फाइनल पुग्न नेपालले बुधबार हुने समूह चरणको अन्तिम खेलमा इरानलाई हराउनैपर्नेछ।