काठमाडौं– नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा २ देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको थियो।
भेटमा कतारमा रहेका नेपाली कामदारहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका थिए।