काठमाडौं, २८ माघ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् ।कार्यसमितिको म्याद सकिएको झण्डै ६ महिनासम्म पनि महाधिवेशन गराउन नसकेपछि अध्यक्ष महरले सोमबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् ।
कार्यसमितिको बैठकबाट यो कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्नेबारे पार्टी भित्रै विवाद भईरहेको समयमा अध्यक्ष महरले सोमबार राजीनामा दिएका हुन् ।