काठमाडौँ, २८ माघ – स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोना आइतबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ। बार्सिलोना घरेलु टोली एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो।
बल पोसेसन पकड जमाउँदै खेलमा हाबी देखिएको बार्सिलोनाले गोल गर्न नसक्दा घरेलु बिल्बाओसँग अंक बाडेको हो। पाहुना टोली बार्सिलोनाले गोल गर्ने सनौला अवसरहरू खेर फालेको थियो। बार्सिलोनाका खेलाडीको पटक–पटकको आक्रमणमा बिल्बाओका गोलकिपर बने।
खेलको अतिरिक्त समयमा ओस्कार डी मार्कोसले रातो कार्ड पाउदै मैदान छाडेपछि घरेलु टोली केही समयका लागि १० खेलाडीमा समेटिएको थियो।
यो बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ। यद्यति बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ५ अंकले अगाडि छ। बार्सिलोनाले २३ खेलबाट ५१ अंक तथा समान खेलबाट रियलको ४५ अंक रहेको छ।