काठमाडौँ, २६ माघ – प्रिमियर लिग फूटबल अन्तर्गत शनिबार राति २६औँ हप्ताका खेलहरू हुँदैछन्। शनिबार राति हुने पहिलो खेलमा लिग तालिकाको १९औँ स्थानमा रहेको फुल्हामले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ।
नेपाली समय अनुसार साँझ ६ः१५ बजे फुल्हामको कार्भन कटेजमा हुने खेलमा पछिल्ला ५ मध्ये ४ खेलमा जित निकालेको युनाइटेडलाई रोक्नु फुल्हामलाई चुनौती हुने निश्चित छ। त्यस्तै, साँझ ७ः४५ बजे एकै समयमा ६ खेल हुँदैछन्। त्यस्तै अर्को खेलमा केही दिनअघि मात्र शीर्ष स्थानबाट दोस्रौ स्थानमा धकलिएको लिभरपुलले घरेलु मैदानमा वर्नमाउको सामना गर्दै छ।
म्यानचेस्टर सिटीभन्दा एक खेल कम खेलेको लिभरपुलका लागि आजको खेल जितेर शीर्ष स्थानमा फर्किने अवसर रहेको छ। त्यस्तै, सोही समयमा हुने अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ह्यामको सामना गर्दा हडर्शफिल्डले घरेलु मैदानमा आर्सनललाई प्रतिस्पर्धाको निम्तो दिँदैछ।
त्यसैगरी सोही समयमा हुने अन्य खेलहरूमा साउथह्याम्पटनविरुद्ध कार्डिफ सिटी र वाटफोर्डविरुद्ध एभर्टन तथा ब्राइटनविरुद्ध बर्न्ली भिड्दै छन्।