रुपन्देही, २६ माघ – शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फूटबल प्रतियोगिता २०७५ हुने भएको छ।
फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए।
२३औँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए। उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ।(रासस)