एजेन्सी, २५ माघ – दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतद्वारा घरेलु टोली न्युजिल्याण्ड पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा १ सय ५९ रनको लक्ष्य पच्छ्याएको भारतले १८ दशमलव ५ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५० रन तथा शिखर धवनले ३०, विजय शंकरले १४ रन बनाए। त्यस्तै, रिषव पन्त र महेन्द्र सिह धोनीले अविजित ४० र २० रन जोडेका थिए।
टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो। घरेलु टोलीका लागि कोलिन डि ग्यान्डहोमले अर्धशतक तथा रस टेलरले ४० रन बनाए।
न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका क्रुनाल पाण्डेयाले ३, खलिल अहमदले २ तथा भुवनेश्वर कुमार र हार्दिक पाण्डेयाले १–१ विकेट लिए।
आजको जितसँग भारत र न्युजिल्याण्डबीचको ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ। अन्तिम तथा निणायक खेल १० तारिखमा हुनेछ। पहिले टी–ट्वान्टी खेलमा न्युजिल्याण्डले भारतलाई ८० रनले हराएको थियो।