काठमाडौँ, २२ माघ – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धर्ना दिन जाने क्रममा मीनभवनबाट निस्किएका अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ गरेका हुन्। निषेधित क्षेत्र अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
केन्द्रीय नेताहरु डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शंकर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टका अनुसार पोखरामा सरकारी गाडी जलाउदा पक्राउ परेका नेवि संघका नेता–कार्यकर्ताको रिहाइका लागि धर्ना दिन जाने क्रममा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो।
प्रहरीले अध्यक्ष महरसहित सबैलाई अहिले नेपाल पुलिस क्लबमा राखेको छ।