काठमाडौँ, २२ माघ – नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई आज पनि जारी राखेको छ। सरकारले चिकित्सा शिक्षा विधेक जबर्जस्ति पारित गरेको र निर्मला पन्तका हत्यारालाई छ महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसकेको भन्दै नेविसंघ आक्रामक बनेको हो ।
सरकारको बिरुद्धमा उत्रेका नेविसंघका कार्यकर्तालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। गिरफ्तार पर्नेमा नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना, स्ववियु परिषदका सभापति निराजन नेपाल, तपेन्द्र बुढा, सुनिल सोडाईं, शुवास अधिकारी, हृदय राज मिश्रलाई प्रहरीले पक्राउ गरेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिएका छन्।
गिरफ्तार भएका सबै नेताहरूलाई अहिले गौसाला प्रहरी चौकिमा राखिएको छ। नेपाल विद्यार्थी संघले सरकारले निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गर्न र चिकित्सा शिक्षा विधेक खारेज नगरे आन्दोलन जारी राख्ने नेविसंले जानकारी दिएको छ ।