मकुन्द कालिकोटे, काठमाडौँ, २२ माघ –नेपाल विद्यार्थी संघ पद्मकन्या ईकाईले क्याम्पसअगाडि एक घण्टा चक्काजाम गरेका छन्। जनहित विपरीत निर्णय गर्ने सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गर्नुपर्ने माग राख्दै नेविसंघ इकाइले जक्काजाम गरेको हो।
प्रदर्शनका क्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कानूनी दायरामा ल्याउनु पर्ने, वाईडबडी विमान खरिदमा घोटला गर्ने मन्त्रीलगायत सम्बन्धित पक्षहरुलाई कारवाही गर्नुपर्ने माग राखे।
संसदबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक फिर्ता लिई डा. गोविन्द केसीलाई न्याय दिनुपर्ने पनि उनीहरुको माग थियो।
