काठमाडौं, २२ माघ – प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति सम्पन्न खेलमा लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ। वेस्टह्यामको घरेलु स्टेडियमा खेल्न लण्डन पुगेको लिभरपुलले २२औँ मिनेटको अग्रता जोगाउन नसक्दा वेस्टह्यामसँग बरारी खेलेको हो।
नेपाली समयअनुसार सोमबार राति १ः४५ बजे शुरु भएको खेलको २२औँ मिनेटमा सडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। डिफेण्डर जेम्स मिलनरको पासलाई गोलमा परिणत गरेका मानेले जारी सिजनको एघारौँ व्यक्तिगत गोल गरेका हुन्।
त्यसको ६ मिनेटमै फिलिपे एन्डरसनको पासमा माइकल एन्टोनियोले गोल गर्दै घरेलु टोली वेस्टह्यामलाई खेलमा फर्काएका थिए। योसँगै पहिलाे हाफ १-१ काे स्थितिमा टुङ्गिएकाे थियाे। खेलको दोस्रो हाफमा पनि दुवै तर्फबाट थप गोल हुन नसकेपछि खेल बरारीमा टुंगिएको हो।
बराबरीसँगै लिग लिडर लिभरपुलको लिगमा अग्रता छोट्टिएको छ। पछिल्ला पाँच खेलमध्ये १ मा हार र २ मा बराबरी खेलेको लिभरपुलले २५ खेलबाट ६२ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीले समान खेलबाट ५९ अंक बटुलेको छ। तेस्रो स्थानको टोटनह्यामको ५७ र चौथो स्थानको चेल्सीको समान खेलबाट ५० अंक छ।