समिना रञ्जितकार, वीरगञ्ज, २१ माघ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारको विरोधमा प्रदर्शन गरेको छ। वीरगञ्जमा पनि कांग्रेसले विरोध सभाको आयोजना गरेको छ।
वीपी उद्यान परिसरबाट शुरु भएको विरोध जुलुसले वीरगञ्जका विभिन्न भागको परिक्रमा गरेको थियो। बजार क्षेत्रको परिक्रमापछि जुलुस वीपी उद्यानमा आयोजित सभामा सामेल भएको थियो।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले महङ्गी र भ्रष्टाचार बढ्नुमा सरकारको हात रहेको बताए। सरकारले जनविरोधी निर्णयहरु गरेको भन्दै विरोध सभाका वक्ताहरुले यस्ता गलत कदमहरुको कांग्रेसले भण्डाफोर गर्ने बताए।