काठमाडौं, २१ माघ – यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। यूएई भ्रमणका क्रममा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली टोली सोमबार अपरान्ह स्वदेश आईपुगेको हो।
ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले स्वागत गरेका छन्।
विजेता टोलीलाई स्वागत गर्न सयाैंको संख्यामा नेपाली क्रिकेट समर्थकहरू पनि विमानस्थल पुगेका थिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषदले रातो कार्पेट ओछ्याएर स्वागत गरेको छ।