काठमाडौं, २१ माघ - सरकारकाे विरुद्धमा नेपाली कांग्रेसले संघीय राजधानी काठमाडौँसहित देशभर विरोध प्रर्दशन गरेको छ । विरोध प्रर्दशनमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाईडबडी जहाज खरिद प्रकरणसहित दर्जनौं प्रश्न गरेको छ ।
त्यस्तै विरोध कार्यक्रममा कांग्रेसले सरकारलाई जनताका जनजीविका प्रति जिम्मेवार बन्ने आग्रह गरेको छ। उसले गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउँन सरकार असफल भएको आरोप लगाएको छ।
कांग्रेसले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसीसँग गरेको सम्झौता विपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै नाराबाजि गरेको छ। सरकार जनताको नभएर माफियाहरुको भएको कांग्रेसको आरोप छ। डा.केसीले जन सरोकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने मागहरु उठाएको भन्दै निश्चित व्यत्तिहरुको स्वार्थमा परेर सरकारले सत्याग्रहको अवमुल्ययन गरेको कांग्रेसको ठहर छ।
सरकार अधिनायकवादी बाटोमा लम्केको भन्दै संसदीय सर्वोच्चता कायम गर्न सडकबाटै माग गरेको छ। भ्रष्टाचार राज्य आतंक बन्द गर्न, संसदीय मर्यादा पालना गर्न, हत्याहिंसा बन्द गर्न, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।
त्यस्तै ३३ किलो सुनकाण्डका गिरोहलाई पत्ता लगाउनु पर्ने, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न, सुशासन कायम गर्न, विधिको शासनको पूर्ण पालना गर्न, राज्य सञ्चालन पारदर्शीपूर्ण बनाउन कांग्रेसले सरकारसँग माग गरेको छ।
कांग्रेसले विरोध प्रदर्शनमा लगाएका नाराहरु