एजेन्सी, २१ माघ – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड विजयी भएको छ। घरेलु मैदान स्यान्टियागो बर्नाविउमा भएको खेलमा डिपोर्टिभो अलाभेसलाई रियलले ३–० गोल अन्तरले पराजित गरेको हो।
घरेलु टोली रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जिमा, भिनिसियस जुनियर तथा म्यारियानो डियाजले एक–एक गोल गरे।
खेलको ३०औँ मिनेटमा करिम बेन्जिमाको गोलमार्फत शुरुआती अग्रता लिएको रियलले पहिलो हाफको आफ्नो पक्षमा राख्यो।
निरन्तर खेलमा फर्किने कोसिस गरेको अलाभेसले खेलको ८० औँ मिनेटमा पुन गोल खायो।
मार्को एसेन्सियोको पासलाई जाली चुमाएका जुनियरले रियलको अग्रता दोब्बर पारे। २ गोलको अग्रता बनाएको रियलका लागि करिम बेन्जिमको स्थानमा मैदान प्रवेश गरेका डियाजले तेस्रो गोल गर्दै टिमको जित सुनिश्चत गरे।
उक्त जितसँगै २२ खेलबाट ४२ अंक जोडेको रियल लिग तालिकाको तेस्रो स्थानमा रहेको छ। सातौँ स्थानको अलाभेसको ३२ अंक छ।