काठमाडौं, २० माघ – घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँचौँ खेल जित्दै भारतले एकदिवसीय क्रिकेट सिरिज ४–१ आफ्नो पक्षमा पारेको छ।
आइतबार विलिङटनमा सम्पन्न अन्तिम एकदिवसीय खेलमा भारतले न्युजिल्याण्डलाई ३५ रनले पराजित गरेको हो।
४९ दशमलव ५ ओभरमा अलआउट हुँदै भारतले दिएको २ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड ४४ ओभर १ बलमा अलआउट हुँदै २१७ रनमा समेटिएको हो। न्युजिल्याण्डका लागि जेम्स निशंमले ४४ तथा कप्तान केन विलियमसनले ३९ रन बनाए।
यस्तै टम लाथमले ३७ रन जोड्दा भारतका युजभेन्द्र चहलले ३ तथा मोहमद शामी र हार्दिक पाण्डेयले समान २–२ विकेट लिए।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीसँग ३ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ।