काठमाडौं, २० माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ। एक असहमति पत्र सार्वजनिक गरेर कांग्रेसका सांसदहरुले संवैधानिक परिषद्ले एकतर्फि रुपमा गरिएको निर्णय सच्याउनु पर्ने माग गर्दै समिति बहिष्कार गरेका हुन। गत माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो।
प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताबिना बैठकले गरेको सिफारिसको सुनुवाइमा सहभागिता नजनाउने भन्दै बहिष्कार गरेकोकांग्रेसले जनाएको छ। सरकारले गत माघ ६ गते राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको थियो।
त्यस्तै, समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको थियो।
कांग्रेसका नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान र पुष्पा भुषालद्धारा हस्ताक्षेरित असहमति पत्रका भनिएको छ,‘विधिवत रुपमा विपक्षि दलका नेतालाई कुनै सूचना नदिइ, प्रतिपक्षको भूमिकालाई एकलौटी रुपमा संविधान, ऐन, कानूनी प्रक्रिया र पद्धतिको ठाडो उल्लङ्घन हुनेगरि संवैधानिक, राजनीतिक, नैतिक मुल्य र माान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरुको सिफारिस गैर कानूनी भएकाले त्यस प्रति हाम्रो असमति रहेको कुरा जानकारी गराउँदछौं ।’
