काठमाडौँ, २० माघ – नेपाली कांग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शन गर्दै छ। कांग्रेसको माघ १३ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सोमबार विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो।
कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार चितवनमा आयोजना हुने विरोध प्रदर्शन र सभालाई सम्बोधन गर्ने भएका छन्।
केन्द्रीय सदस्य एवं सांसद गगन थापाले पोखरामा आयोजना गरिने विरोधसभालाई सम्बोधन गर्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालय श्रोतले जनाएको छ।
सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, महँगी, कुशासन, बलात्कार लगायत आपराधिक घटना बढेको तथा केपी ओली नेतृत्वको सरकारको अधिनायकवादी चरित्रविरुद्ध कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्न लागेको हो।