एजेन्सी, २० माघ – पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टोली न्युजिल्याण्डसामु भारतले २ सय ५३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
विलिङटनमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत ४९ ओभर ५ बलमा २ सय ५२ रनको सम्मानजनक लक्ष्य जोडेर अलआउट भएको हो।
भारतीय ब्याट्सम्यान अम्बाती रायडुले सर्वाधिक ९० तथा विजय शंकर र हार्दिक पाण्डयले समान ४५–४५ रन जोडे। न्युजिल्याण्डका लागि माट हेनरीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले ५ खेलको सिरिज भने यसअघि नै जितिसकेको छ। भारतले शुरुआती ३ खेल जित्दै सिरिज आफ्नो पक्षमा पारिसकेको छ। सिरिजमा भारतले ३–१ को अग्रता बनाएको छ।
जवाफी ब्याटिङमा उत्रिएकाे न्युजिल्याण्डले यो समाचार तयार पार्दासम्म ४ ओभरमा १ विकेट गुमाउँदै २० रन जोडेको छ।