काठमाडौँ, १८ माघ – नेपालले घरेलु टोली यूएईलाई दोश्रो टी–२० क्रिकेटमा ४ विकेट पराजित गरेको छ।
यूएईस्थित आइिससी ग्लोबल क्रिकेट एकाडामी मैदानमा यूएईले दिएको एक सय ८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो।
खराव ब्याटिङबाट शुरुआत गरेको नेपालको इनिङ विजयीसम्म पुर्याउन दीपेन्द्रसिंह ऐरीले अविजित ५३ रनको योगदान गरे। पवन सर्राफले १८ रन जोडे।
यसअघि, पहिलो इनिङमा यूएईलाई सस्तैमा समेट्न अभिनाश बोहराले ३ तथा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए।