काठमाडौँ, १८ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का बीच एकीकरण भएको छ। शुक्रबार राष्ट्रिय सभागृहमा एक समारोह आयोजना गरी दुवै पार्टीले एक भएको घोषणा गरेका हुन्।
डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र पशुपति शमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच भएको एकीकरणबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) घोषणा गरिएको छ।
कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गरेलगतै अलग्गिएका लोहनी र राणा फेरि एकै ठाउँमा आएका हुन्। यद्यपि, दुवै नेताले थापालाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन्।