काठमाडौं, १८ माघ – घरेलु टोली यूएई विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ।
यूएईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्य पच्छ्याएको नेपालले १ दशमलव ५ ओभरमा २विकेट गुमाएको हो।
नेपालले ओपनर तथा कप्तान पारस खड्कालाई गुमाएको हो। कप्तान पारस मोहमद नाभिदको बलमा गोल्डेन डक आउट भए।
त्यस्तै, दोस्रो ओभरको पाँचाै बलमा ओपनर प्रदीप ऐरीलाई गुमाएको छ। प्रदीपलाई अमिर हायतले ८ रनमा आउट गरेका हुन्।