काठमाडौँ, १८ माघ – नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले सिंहदरबारको पश्चिमी ढोकाबाहिर प्रदर्शन गर्दै बेलुन उडाएका छन्।
केपी ओली नेतृत्वको सरकार अधिनायकवादी भएको तथा डा. गोविन्द केसीसँग १५औँ सत्याग्रहका क्रममा भएका सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा नेवि संघले प्रदर्शन गरेको हो।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा प्रदर्शन गरी सरकारलाई नागरिकका अधिकारप्रति जवाफदेही बन्न सचेत गराइएको नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टले जनाएका छन्।
केही समय नाराबारी गरेपछि प्रहरीले विद्यार्थीहरुलाई तितरवितर पारेको थियो।